ताजा समाचार

प्रधानमन्त्री सिंगापुर प्रस्थान, मृगाैलाको क्षमता बृद्धि गर्न उपचार हुने !

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ सिंगापुर प्रस्थान गरेका छन् ।

मृगाैला प्रत्यारोपन गरेका प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे निजी चिकित्सकको तर्फबाट पहिलोपटक जानकारी दिदै मृगाैलाको क्षमता बृद्धिका लागि उपचार हुने जनाइएको छ ।

निजी चिकित्सक डा. दिव्या सिंहद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीको मृगाैलाको थप परिक्षण हुनुका साथै मृगाैलाको क्षमता बृद्धि सम्बन्धि उपचार हुनेछ ।

प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिलाई निरन्तरता दिन पुनः सिंगापुर जानुपरेको उनले बताएकी छन् ।

प्रधानमन्त्री ओली थाइ एयर मार्फत आज सिंगापुर तर्फ लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org