ताजा समाचार

विदेशी बैंमकमा रहेको नेपालीको पैसा खोजी गर्न गाह्रो छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नेपालीको विदेशी बैंकमा भएको पैसाबारे खोजी गर्न कठिन रहेको जनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नमाथि जवाफ दिने क्रममा उनले सम्बन्धित देशको सहयोोग नपाएसम्म विदेशमा रहेको नेपालीको पैसाबारे खोजविन गर्न नसकिने जनाएका हुन् ।

उनले विदेशी बैंकमा नेपाली नागरिकको रकमको खोजी भने गरिरहेको बताए । त्यसका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा समिति गठन भएको भन्दै सोही समितिले अध्ययन गरिरहेको जनाए ।

सुचना प्रणाली र सम्बन्धित देशसँगको समन्वयविना यस्तो काम कठिन रहेको उनको दाबी थियो । भने पूर्वराजपरिवारको सम्पत्ति भने नेपाल ट्रष्टको नामममा फिर्ता ल्याइसकेको उनले जानकारी गराएका थिए ।

प्रतिनिधिसभामा कांग्रेस सांसद अतहर कमल मुसलमानले अर्थमन्त्री खतिवडालाई ‘नेपाली नागरिकहरुबाट गैरकानुनी रुपमा स्वीस बैंकमा जम्मा भएको देखिएको ५३ अर्ब रुपैयाँको के कारबाही हुँदैछ र कहिलेसम्म पूरा हुन्छ ?’ भनी प्रश्न गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org