ताजा समाचार

युवराज स्युवराज जो सुकै होस कानुन उल्लंघन गर्नेलाई कारवाही हुन्छः मन्त्री बास्कोटा

काठमाडाैं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पूर्व युवराज पारस शाह लक्षित गर्दै कानुनी कारबाही हुने चेतावनी दिएका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालाय आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्काेटाले कानुन उल्लंघन गर्ने जो कोहिलाई कारबाही हुने जनाएका हुन् । संविधानभन्दा माथि कोहि नभएको भन्दै पारसलाई समेत दण्डित गर्ने उनको भनाई थियो ।

पुर्व युवराज पारस शाहले विमानस्थलमा देखाएको हर्कतबारे सञ्चारकर्मीकाे जिज्ञासामा उनले सरकारले ‘युवराज स्युवराज नचिन्ने नागरिक मात्रै चिन्ने’ बताए।

उनले भने, ‘पहिलाका खानदानी हौँ भन्नेहरुलाई केही सुरक्षा थ्रेट होला कि भनेर सरकारले सुरक्षाकर्मी दिएको हो। तर, सुरक्षा र छुट बेग्लै कुरा हो। सरकारले सुरक्षा दिन्छ, कसैलाई छुट दिँदैन। संविधानभन्दा माथि हुने चीजको अन्त्य गरेरै गणतन्त्र ल्याएको हो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org