ताजा समाचार

छुरा प्रहारपछि हत्या, बिष सेवन गरेर आत्महत्या प्रयास

सुनसरी । सुनसरीको नरसिंह गाँउपालिका-०५ मा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ ।

सामान्य घरायसी झगडामा मुर्ताज मियाँले छुरा प्रहरा गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए ।

गम्भीर घाइते भएका मियाँको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, छुरा प्रहार गर्ने मुर्ताजले समेत बिष सेवन गरेर गम्भीर घाइते बनेका छन् । उनको अहिले विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरी हत्या गर्ने मुर्ताज प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org