ताजा समाचार

नेकपा सचिवालयको निर्णयः नेता कार्यकर्ताका बारेमा जथाभाबी लेखे कारबाही !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेता तथा कार्यकर्ताको बारेमा व्यक्तिगत टिप्पणी गर्न नपाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले आज यस्तो निर्णंय गरेको हो । नेता कार्यकर्तालाई जथाभाबी बोल्न र व्यक्तिगत रुपमा आक्षेप लगाउने गरेको पाइएमा कारबाही गर्ने निर्णय भएको हो ।

पार्टीमा नेता कार्यकर्ताहरु सार्वजनिक रुपमा व्यक्तिगत रुपमै विरोधमा उत्रिन थालेपछि नेकपा सचिवालय बैठकले यस्तो निर्णय गर्नु परेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच प्रतिनिधिसँभा सदस्य राजेन्द्र गाैतमले लेखेको फेसबुक पोस्टका कारण विवाद समेत सिर्जना भएको थियो । भने, प्रचण्डका विरुद्ध नेकपाका केन्द्रिय सदस्य सुर्य थापाले लेख्ने गरेका कुराहरुले समेत विवाद सिर्जना गर्दै आइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org