ताजा समाचार

पाल्पामा कोचिङ पढ्न गएका आठ जना विद्यार्थी एकैपटक बेहोस, एक छात्राको मृत्यु दुईको अवस्था गम्भीर

पाल्पा । पाल्पाको एक स्कुलमा कोचिङ क्लास लिन पुगेका कक्षा १० मा पढ्ने आठ जना विद्यार्थी बेहोस हुँदा एकजना छात्राको मृत्तयु भएको छ ।

पाल्पाको रम्भा माविकी छात्रा कमला फालको कोचिङ कक्षामा पढिरहेकै बेला बेहोस भएपछि मथय्यु भएको हो । बेहोस भएका अन्य दुईजनाको अवस्था समेत गम्भीर रहेको जनाइएको छ ।

गम्भीर अवस्थामा रहेका एक छात्र र एक छात्राको मिसन अस्पतालमा उपचार भइरहेको छ भने अन्य पाँच जनाको ताहुँ स्वास्थ्य चाैकीमा उपचार भइरहेको पाल्पाका एसपी दीपेन्द्र जीसीले जनाए ।

जीसीका अनुसार बेहोस भएका विद्यार्थीलाई ताहुँमा लगिएपनि स्वास्थ्य चाैकीले थप उपचारका लागि भन्दै लुम्बिनी मेडिकल कलेजमा रिफर गरिदिएको थियो  । तर, लुम्बिनी मेडिकल कलेजका डाक्टरहरुले १६ वर्षीय कमलाको मृत्यु भइसकेको बताएको एसपी जीसीले जानकारी दिए ।

बेलाबेलामा विद्यालयमा बालबालिका बेहोस हुने गरेको समाचार आएपनि उक्त विद्यालयमा मास हिस्टेरिया भएनभएकोबारे अनुसन्धान थालिएको जीसीले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org