ताजा समाचार

जीप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम आई रहेको म १ ज २१० नं को जीप आज बिहान दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको छ ।

अजयमेरु देवलबाट सवारी बोकी जिल्ला सदरमुकाम आउने क्रममा भागेश्वर गाउँपालिका–४ को डुङरी भन्ने स्थानमा उक्त जीप दुर्घटना भएको स्थानीय रमेश मल्लले बताए। घटनास्थलमै गाडीमा च्यापिएर चन्दको मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक ददीराम न्यौपानेले बताएका छन्।

अहिले उद्धारमा स्थानीय जनप्रतिनिधि तथा अन्यको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी उद्धारका लागि खटिएको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ । घाइतेमध्ये दुई जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ । उक्त जीपमा करीब २२ जना सबार रहेको बताइएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन । क्षमताभन्दा बढि यात्रु र कच्ची बाटोका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org