ताजा समाचार

प्रधानमन्त्री ओलीको उपचारमा अझैं एक साता लाग्ने

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार एक सातामा सकिने भएको छ ।

प्लाज्मा फेरेसिस गर्दै प्रधानमन्त्रीको उपचार भइरहेको छ । उनको उपचार अझै एक साता जारी रहने प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।

रिमालका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ । उपचार प्रक्रिया जारी रहेकै अवस्थामा निजी चिकित्सक डा. दिव्या सिंह बुधबार काठमाडाैं फर्किएकी छन् ।

प्रधानमन्त्रीको शरीरमा एण्डीबडीको मात्रा केही बढी देखिएको थियो ।

गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि स्वदेश फर्किएका उनी भदौ ५ गते पुनः उपचारका लागि गएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org