ताजा समाचार

सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ !

काठमाडाैं । चर्चित सुडान घोटाला काण्ड सामान खरिद अनियमितता प्रकरणमा दोषी ठहर भएका शम्भु भारती पक्राउ परेका छन् ।

भारतीलाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले निवासबाटै पक्राउ गरेको हो ।

चर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान व्युरो (सीर्आइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामदत्त जोशीले भारतीलाई पक्राउ गरेको पुष्टी गर्दै भने, ‘फैसला कार्यान्वयनका लागि आजै सर्वोच्चमा बुझाउँदै छौं ।’

सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए ।

यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको सार्वजनिक भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org