ताजा समाचार

एटीएमबाट पैसा चोर्दा चोर्दै पाँच चिनियाँ नागरिक पक्राउ

काठमाडौं । राजधानीको व्यस्त स्थान दरबारमार्गमा एक बैंकको एटीएमबाट अवैध रुपमा पैसा चोर्दा चोर्दै चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।

उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जनाएका छन् ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org