ताजा समाचार

क्रिकेट उपकप्तान मल्लले ओमनमा हुन लागेको टी-२० प्रतियोगिता नखेल्ने !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमनमा हुन लागेको पाँच राष्ट्रबीचको टी २० नखैल्ने भएका हुन् ।

व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले सिरिज नखेल्ने जानकारी दिएका हुन् ।

असोज १८ देखि २३ गतेसम्म हुने सिरिजमा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल असोज १९ गते हङकङसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा असोज २० गते नेदरल्यान्डसँग खेल्ने नेपालले आफ्नो तेस्रो खेल आयरल्याण्डसँग २२ खेल्दैछ । आफ्नो अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग २३ गते प्रतिस्पर्धा गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org