ताजा समाचार

जाजारकोटमा चट्याङ लागेर २३३ भेडा मरे, २५२ भने अझै वेपत्ता

जाजरकोट । चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन् ।

कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै परेको चट्याङ लागेर २३३ भेडा मरेका हुन् । २५२ भेडा भने हराइरहेको कुशे गाउँपालिका–८, कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् । यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो ।

कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् । भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने स्थानीयवासीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org