ताजा समाचार

तीजमा श्रीमानको आयु लामो होस भन्दै व्रत बसेकी श्रीमतीलाई खुर्पा हानेर श्रीमानद्वारा हत्या

रुकुम पश्चिम । श्रीमानको आयु लामो होस भन्दै निराहर व्रत बसेकी श्रीमतीको एक व्यक्तिले हत्या गरेका छन् ।

मुसीकोट नगरपालिका-०३ माछमीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीय कमला बुढाथोकीलाई खुर्पाले हानेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाए अनुसार नविनले अत्यधिक मदिरा सेवन गरेर श्रीमतीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक सुमित खड्काले नविनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएका छन् ।

रुकुम पश्चिममा तीजकै दिन एक व्यक्तिले खुर्पा प्रहार गरी व्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

श्रीमतीको हत्या गरी फरार भएका खड्कालाई घर नजिकैको जंगलमा लुके बसेको अवस्थामा खुर्पासहित मंगलबार बिहान करिब ३ बजे प्रक्राउ गरिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org