ताजा समाचार

लुक्लाबाट काठमाडाैं आउदै गरेको सीता एयरको विमानको आकासमै इन्जिन फेल तर…

काठमाडाैं । सीता एयरको विमान सिंगल इन्जिन लुक्लाबाट काठमाडाैं सकुशल अवतरण गरेको छ ।

आकासमै एउटा इन्जिन फेल भएपछि विमानलाई पाइलटले सकुशल काठमाडाैं अवतरण गराएका हुन् ।

लुक्लाबाट आएको सीताको ‘नाइनएन-एजेएच’ नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो। विमानका यात्रु नभएका र चालक दलका कुनै सदस्यलाई कुनै क्षती नभएको सीता एयरले जनाएको छ ।

क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यले जानकारी दिएका छन्।

आचार्यका अनुसार उक्त जहाज आज बिहान ८:५१ बजे काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org