ताजा समाचार

उद्योग व्यवसाय विधयेक पारित, उद्योगीलाई राहत

काठमाडाैं । प्रतिनिधिसभा बैठकबाट औद्योगिक व्यवसाय विधयेक पारित भएसँगै उद्योगी व्यवसायीहरु खुशी भएका छन् ।

२०७२ सालको महाभुकम्पसँगै नेपाली लगानीका उद्योग धरासयी बन्न थालेका थिए । भुकम्पका कारण उत्पादन गर्न समस्या भएपछि केहि उद्योगहरुले समयमै कर तिर्न नसक्दा उद्योग मन्त्रालयले त्यस्ता उद्योगलाई समस्यामा पार्न खोजेको आरोप लाग्दै आएको थियो ।

उत्पादन थालेपनि केहि उद्योगहरुले समयमै दर्ता प्रमाणपत्र नविकरण गर्न सकेका थिएनन् । विभिन्न कारण उनीहरुले आफ्नो उद्योग नविकरण गर्न सकेका थिएनन् । मन्त्री यादवले विदेशी लगानीका उद्योग तथा उत्पादनलाई च्यापेर स्वदेशी लगानीका उद्योगलाई धरासयी बनाउन थालेको भन्दै विरोध समेत भएको थियो । तर, प्रतिनिधिसभा बैठकबाट औद्योगिक व्यवसाय विधयेक पारित भएपछि भने राहत महशुस भएको छ ।

मंगलबार प्रतिनिधिसभाले पारित गरेको औद्योगिक व्यवसाय विधेयकले राज्यलाई करोडाैं राजश्व तिरेका तर उद्योग विभागले नविकरण नगरेका उद्योगलाई राहत पुगेको छ । राज्यलाई राजस्व तिर्दा समेत विभिन्न अड्चन थापेर मन्त्री यादवले उद्योग नविकरणमा समस्या थपिदिएका थिए । तर, यो विधयेक पारित भएसँगै त्यस्ता उद्योगीलाई उद्योग नविकरण गर्न बाटो खुलेको हो ।

यो विधयेक पास गरेसँगै नेपाली लगानीकर्ताहरुको मनोवल बढेको एक व्यवसायीले न्युज-नेपाललाई वताए ।

उद्योगमन्त्री मातृका यादव केहि सिमित उद्योगीका कुरा सुनेर विधयेक नै पास नगर्ने मनसायमा देखिएपनि उक्त विधयेक प्रतिनिधिसभाबाट पारित भएको हो ।

विधयेक पारित भएसँगै नेपाली लगानीका उद्योगहरुले खुशीयाली मनाएका छन् । सिमित व्यापारीको चंगुलमा फसेर ठुलो धनराशीका उद्योग बन्द गर्नु पर्ने स्थित आएको महशुस गरेका ती उद्योगीहरुले भने, सरकारले हाम्रो माग धेरथोर सुनेको आभास भएको छ । मन्त्रीलाई प्रभावमा पार्न सफल भएका केहि उद्योगहरु अब हामीसँग स्वच्छ प्रतिष्पर्धा गर्न आउन हाम्रो खुल्ला चुनाैती छ ।

नेपाली लगानीका उद्योग समेेत कुनै कुरामा कम छैनन् । हामी विदेशी ब्राण्ड भन्दा स्वस्थ्य र स्वच्छ मदिरा उत्पादन र विक्रि गर्न सक्छाैं । राज्यलाई हुने हानी नोक्सानीबाट वचाउन सक्छाैं । ती उद्योगीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org