ताजा समाचार

जनयुद्धका घाइतेहरुको ‘नमेटिने घाउ’ सार्वजनिक

काठमाडौं। दशवर्षे जनयुद्धमा दौरानमा घाइते भएका र अंगभंग भएका योद्धाहरुको सङ्घर्षको कथा समेटिएको पुस्तक नमेटिने घाउ सार्वजनिक भएको छ।

वुधवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा गृहमन्त्री रामवहादुर थापाले सो पुस्तक लोकार्पण गरेका हुन्। पुस्तक लोकार्पण गर्दै गृहमन्त्री थापाले जनयुद्धका सहिद, वेपत्ता योद्धा र घाइते योद्धाको योगदान विना नेपालमा संघीय गणतन्त्र असम्भव रहेको जिकिर गरे।

घाइते योद्धा प्रतिष्ठानद्वारा प्रकाशित र राजेन्द्र किराँतीद्वारा सम्पादित सो पुस्तकमा जनयुद्धका ३५ जना योद्धाहरुका सङ्घर्षका गांथा समाविष्ट गरिएको प्रतिष्ठानका अध्यक्ष विजय साङपाङ्ले वताए । कुल २ सय ७० पृष्ठ रहेको पुस्तकको नेकपा नेता एवम् लेखक लेखनाथ न्यौपानेले चिरफार गरेका थिए।

कार्यक्रममा प्रदेश नं.१ का आर्थिक योजना मन्त्री इन्द्र आङ्वो , नेकपा नेता हिमाल किराँती , प्रल्लाद वुढाथोकी , सुर्य सुवेदी , रामदीप आचार्य लगायतको सहभागिता रहेको थियोे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org