ताजा समाचार

विप्लव नेतृत्वको नेकपाले विद्यालयमा गरायो बम विस्फोट

सुनसरी । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले सुनसरीका दुई शैक्षिक संस्थामा बम विस्फोट गराएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव नेकपाले बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जनाएका छन् ।

विद्यालय बाहिरको भागमा विस्फोट गराइएको प्रहरीले जनाएको छ । बम विस्पोटपछि स्थानिय त्रसित बनेका छन् । विप्लव नेतृत्वको नेकपाले चन्दा आतंक फैलाउन बम विस्फोट गराएको हुनसक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको जनाएको छ ।

विस्फोटको विषयमा अनुसन्धान भइरहेको र घटनामा संलग्नको खजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org