ताजा समाचार

रबि ओड र अस्मिता अधिकारीको आवाजमा च्याप्प समाउदै बोलको गीत सार्वजनिक

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता रवि ओड र अस्मिता अधिकारीको आवाजमा रहेको ‘च्याप्प समाउदै’ वोलको गीत सार्वजनिक भएको छ ।

कृष्ण केसीको शब्द र हरी लम्सालको संगितमा तयार भएको गीतमा आकाश श्रेष्ठ र वर्षा राउतले स्क्रिन सेयर गरेका छन् ।

सुवोल थापाले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई निकेश थापाले निर्देशन गरेका छन् ।

नेपाल आइडल फेम रवि र अस्मिताको युगल आवाजमा रहेको यो प्रथम गीत हो ।

हेर्नुहोस भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org