ताजा समाचार

अफगानीस्तानी सैनिकद्वारा तालिबानीको जेलबाट १३ जना मुक्त

काबुल । तालिबान लडाकूहरुले बन्दक बनाएर राखेका १३ जनालाई अफगानीस्तानी सैनिकहरूले मुक्त गराएका छन् ।

देशको पश्चिमी क्षेत्रमा पर्ने फराह प्रान्तमा सुरक्षा कारबाहीको क्रममा उनीहरुलाई थुनामुक्त गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रान्तीय राष्ट्रिय सुरक्षा निर्देशनालयले बिहीबार राति विषेश सुरक्षा कारबाही चलाएको थियो, त्यही क्रममा १३ जनालाई मुक्त गराइएको हो, राष्ट्रिय सुरक्षा कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा जनाइएअनुसार फाराह प्रान्तको बाक्वा जिल्लामा उनीहरुलाई बन्दक बनाएर राखिएको थियो ।

सुरक्षा कारबाहीका क्रममा एक जना तालिबान लडाकूलाई गिरफ्तारसमेत गरिएको अधिकारीहरूले जनाएका छन् ।

सरकार विरुद्ध लड्दै आएका ५० जना लडाकूहरुको समूहले उनीहरुलाई बन्दक बनाएर राखेको वक्तव्यमा जनाइएको छ ।

तालिवान लडाकूहरूले आम नागरिकलाई नियन्त्रणमा लिएर बन्दक बनाउने घटना समयसमयमा हुनेगरेको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org