ताजा समाचार

थप चार देशसँग हवाई सम्झाैता गर्दै सरकार

काठमाडाैं । सरकारले थप चार देश फिनल्यान्ड, इन्डोनेशिया, रुस र अस्ष्ट्रेलियासँग हवाई सम्झौताको तयारी गरेको छ ।

हालसम्म नेपालको ३९ देशसँग हवाई सम्झौता भइसकेको छ । सम्झौताको तयारी गरेका देशमध्ये फिनल्याण्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुची देखाएको हो भने अन्य मुलुकसँग नेपालले चासो बढाएको पर्यटन मन्त्रालयले जनाएको छ ।

यी मुलुकमध्ये रुस पहिले सम्झौता तथा उडानसमेत भएको तर हाल उडान बन्द भएको मुलुक हो ।

अन्य मुलुक नयाँ हुन् । नेपालसँग हवाई सम्झौता गर्ने ३९ औं मुलुक कम्बोडिया हो । यो समाचार आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org