ताजा समाचार

प्रेम जालमा डुबेका गाँउपालिका अध्यक्ष गिरीलाई फसायो फेसबुक च्याटले

काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई आइतबार प्रहरीले हिरासतमा लिएको छ ।

बहुविवाह गरेको भन्दै आफ्नै श्रीमतीले दिएको उजुरीका आधारमा समातिएका हुन् । बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुबैलाई हिरासतमा लिएको हो ।

प्युठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कार्कीले दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।

परस्त्रीसँग विष्णुको सम्पर्क बढेको प्रमाण फेला पारेको भन्दै पत्नी सीताले भदौ १० गते हुलाकमार्फत् बहुविवाहको उजुरी प्रहरीमा दायर गरिन् । उनले विष्णु र ती युवतीका केही तस्वीरहरु र च्याटमा भएका कुराकानीलाई प्रमाणका रुपमा प्रहरीसमक्ष पेस गरेकी छिन् ।

त्यसपछि प्रहरीले सुरुमा युवतीलाई हिरासतमा लियो । तर, विष्णु फरार रहेको भन्दै प्रहरीले उनीविरुद्ध वारेन्ट जारी गर् र मातहतका सबै प्रहरी युनिटमा उनलाई पक्राउ गर्न सर्कुलर ग¥यो । त्यसको केही दिनपछि आइतबार साँझ (भदौ २२ गते) गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी आफैं प्रहरी सम्पर्कमा पुगे ।

प्युठान जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र न्यौपानेले भने, ‘गिरी साँझ सम्पर्कमा आएका हुन, अनुसन्धानका लागि हिरासतमा लिएका छौं ।’

फेसबुक च्याटले फसायो

गाउँपालिका अध्यक्ष गिरीले आफूसँग प्रेममा परेकी युवतीसँग कोठाभित्र रहँदाका अर्धनग्न तस्वीरहरु आफ्नो मोबाइलमा खिचेर राख्ने गरेका थिए । साथै उनीहरुवीच फेसबुक च्याटमा प्रेमका अन्तरंग कुराकानीहरु हुने गरेका थिए ।

च्याटमा भएको कुराकानीमा गाउँपालिका अध्यक्ष विष्णुलाई युवतीले ‘बुढो’ भनेर सम्बोधन गरेकी छन् । उनले विष्णुलाई मोबाइलमा खिचेका तस्वीरहरु डिलिट गर्न भनेकी थिइन् । तर, उनले ती तस्वीर सार्वजनिक नहुनेमा ढुक्क रहन प्रेमिकालाई भनेका थिए ।

अन्ततः फेसबुकको सोही सम्वादले उनीहरुलाई धोका दियो ।

स्थानीय चुनावमा गौमुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएलगत्तै गिरी युवतीसँग प्रेममा फसेका थिए । यसवीचमा उनीहरु यति नजिकिए कि बच्चा पाउने कि नपाउने भन्ने विषयमा समेत फेसबुकको म्यासेन्जरबाटै छलफल गर्न थाले । च्याटमा विष्णुले परिवारनियोजन गरे पनि बच्चा जन्मन सक्ने भन्दै प्रेमिकालाई आश्वस्त बनाउन खोजेका थिए ।
बुटवलको एक पोलिक्लिनिकमा जागिरे ती युवतीलाई विष्णुले मरन्ठानाका एक व्यक्तिको बन्ध्याकरणपछि पनि बच्चा भएको उदाहरण दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org