ताजा समाचार

नेकपाका नेता वामदेव गाैतमलाई पनि डेंगी संक्रमण

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगी लागेको आशंका गरिएको छ ।

उनले सोमबार टेकु अस्पताल पुगेर डेंगी परीक्षण गराएका थिए । शनिबारबाट उच्च ज्वरो आएपछि डेंगीको आशंकामा उनी अस्पताल पुगेका थिए ।

केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

सिंगापुरमा डेंगीको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org