ताजा समाचार

प्रचण्ड र चिनियाँ विदेशमन्त्री यी बीच भेटवार्ता

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसंग भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्डले विदेशमन्त्री यीसँगको भेटवार्ताको क्रममा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे चर्चा र छलफल गरेको जनाएका छन् ।

नेपाल चीनको सदियाैंदेखि स्थापना भएको सम्बन्धलाई थप उचाईमा पुर्याउनेबारे छलफल भएको भन्दै प्रचण्डले चीनले नेपाललाई दिने आर्थिक सहायतबारे समेत सकारात्मक छलफल भएको जनाए । चीनले मात्रात्मक भन्दा पनि गुणात्मक आर्थिक सहयोग गर्ने र नेपाललाई यसले आर्थिक सफलता हासिल गर्न सहयोग गर्ने अपेक्षा लिएको उनले जनाए ।

प्रचण्ड र यी ले भेटवार्ताको क्रममा द्विदेशिय सम्बन्ध र सुदृढ पार्ने संकल्प गरिएको जनाइएको छ । सरकारबीचका सहयोग र सहकार्यबारे चिनियाँ विदेशमन्त्री अत्यन्तै सकारात्मक रहेको प्रचण्डले जनाए । यस्तै, नेपाल र चीन सरकारको मात्रै नभएर पार्टीको सम्बन्धबारे समेत सहकार्य र सम्बन्ध अगाडी बढाउने बारे छलफल भएको उनले स्विकारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org