ताजा समाचार

एटिएम ह्याकिङ प्रकरणः फरेन्सिक रिपोर्ट ९० दिनपछि मात्र

काठमाडाैं । दुई साताअघि नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी रकम चोरी भएको घटना अनुसन्धान गर्न आएको फरेन्सिक (विज्ञ) टोली बिनानिष्कर्ष फर्किएको छ ।

सिंगापुरबाट आएको टोलीको उद्देश्य ह्याकरले प्रयोग गरेको विधि र सफ्टवेरका कमी–कमजोरी पत्ता लगाउनु थियो ।

यसअघि भएका कमी कमजोरी पत्ता लगाई आमामी दिनमा हुन सक्ने सम्भावित आक्रमणबाट बच्न सुझाव दिन आएको चार सदस्यीय टोली सोमबार सिंगापुर फर्किएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org