ताजा समाचार

प्रधानमन्त्री ओलीको मुटुबाट त्रिवि शिक्षण अस्पतालमा क्याथेटर निकालियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निकालिएको छ ।

बुधबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले प्रधानमन्त्री ओलीको मुटुबाट क्याथेटर निकालिदिएका हुन् ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको प्लाज्मा फेरिससको क्रममा राखिएको क्याथेटर निकालिएको हो । झण्डै १०-१५ मिनेटमा उनको क्याथेटर निकालिएको हो । प्रधानमन्त्री पूर्ण रुपमा स्वस्थ्य रहेको डा. सायमीले गरे ।

मुटुरोग विशेषज्ञ डाक्टरहरुका अनुसार बिरामीको हात अथवा खुट्टाको नसाबाट तार पठाएर गरिने जाँच र उपचार पद्धतीलाई क्याथेटर भनिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org