ताजा समाचार

एनआईसी एशिया र ललितपुर जिल्ला अदालतबीच एक्सटेन्सन काउन्टर र एटिएम मेशिन राख्ने सम्झाैता

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो एक्सटेन्सन काउन्टर र एटिएम मेशिन ललितपुर जिल्ला अदातल परिसमा राख्ने भएको छ।

बैंक र ललितपुर जिल्ला अदालत लगनखेलबीच भएको सम्झौता अनुसार अदालतले एक्सटेन्सन काउन्टर र एटिएम मेशिन संचालनकालागि स्थान उपलब्ध गराउने छ।

समझौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरे।

ललितपुर अदालत परिसरमा एक्सटेनस काउन्टठर तथा एटिएम मेशिन संचालनमा आएसँगै अदालतमा जाने सेवाग्राहीलाई आवश्यक रकम ब्यबस्थापन गर्न सहज हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org