ताजा समाचार

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल ?

घटना १

गत माघ (जनवरी २३) मा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता उवान गुवाइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा आलोचना गरे । गुवाइडोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्तिसमेत जारी गरे ।

घटना २

साउन दोस्रो साता क्युवाली प्रतिनिधिको समेत उपस्थितिमा काठमाडौँमा आयोजना गरिएको क्युवाप्रति ऐक्यबद्धतासम्बन्धी नवौँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा दाहालले अमेरिकी प्रतिबन्धविरुद्धको क्युवाली संघर्षमा ऐक्यबद्धता जनाए ।

घटना ३

तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग मंगलबार भएको भेटमा दाहालले अमेरिकाको महत्वकांक्षी परियोजना इन्डोप्यासिफिक स्ट्राटेजीलाई अस्वीकृत गर्ने प्रतिबद्धता जनाएका छन् ।

दाहालको यो प्रतिबद्धता र अभिव्यक्तिले पनि अमेरिकालाई चिढ्याउने काम गरेको छ ।

दाहालको भनाईलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले प्रतिक्रिया जनाइसकेको छ । अमेरिकी दूतावासका प्रवक्ताले दाहालको भनाईलाई पुष्टि गराउन बेइजिङस्थित अमेरिकी दूतावासमार्फत प्रयास भइरहेको र नेपाल सरकारको आधिकारिक धारणा पर्खिरहेको बताएका छन् ।

राजनीतिक विश्लेषक विष्णु सापकोटा दाहालले एकपछि अर्के गर्दै अमेरिकालाई चिढ्याउने अभिव्यक्ति दिनुलाई ‘सरप्राइज’ भन्छन् । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org