ताजा समाचार

सीपीएलमा सन्दीपको जादु, लिए ३ विकेट

काठमाडौं । क्यारिवियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिएका छन् ।

बारबारडोस त्रिडेन्ट्समा आबद्ध सन्दीपले बिहीबार सेन्ट किट्स एन्ड नेविस प्याटि्रवट्सविरुद्ध खेल्दै महत्वपूर्ण तीन विकेट लिएका हुन् ।

क्यारिवियन लिग खेल्न जाने क्रममा सन्दीपलाई अमेरिकी दुतावासले भिसा दिएको थिएन । तर, पछि उनले ट्विट गर्दै आफुलाई अमेरिकी दुतावासले भिसा नदिएकोबारे जानकारी गराउदै आक्रोस व्यक्त गरेपछि उनलाई पुनः बोलाएर दुतावासले भिसा दिएको थियो । उनी अमेरिका ट्रान्जिट हुदै जान खोज्दा यसतो भएको थियो ।

सन्दीपकै उत्कृष्ट प्रदर्शनमा बारबारडोस प्याट्रिवट्सविरुद्ध जित नजिक छ । तर वर्षाको कारण खेल रोकिएको छ । डकवर्थ लेविस मेथडको आधारमा पनि सन्दीप आबद्ध टिम नै अगाडि छ ।

सन्दीपले ३.५ ओभर बलिङ गरेका छन् भने उनले अब मात्र एक बल बलिङ गर्न बाँकी छ । उनले बलिङ गर्दै गर्दा पानी परेपछि खेल स्थगित भएको हो । ३.५ ओभर बलिङ गर्दै मात्र २२ रन खर्चिएर सन्दीपले तीन विकेट लिएका हुन् । सन्दीपले लाउरिइ इभान्सलाई ६४ रनमा आउट गराए । त्यस्तै, शामर्ह ब्रुकसलाई १३ रनमा आउट गराएका सन्दीपले कप्तान कार्लोस ब्राथवइटलाई एक रनमा एलबीडब्लुको धरापमा पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको सन्दीप रहेको टिमले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १८६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको प्याटि्रवट्सले १४.५ ओभरमा सात विकेट गुमाउँदा १०७ रन मात्रै बनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org