ताजा समाचार

सीपीएलमा चम्किए सन्दीप, ‘म्यान अफ दी म्याच’ घोषित

काठमाडाैं । वेष्ट इण्डिजमा जारी क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने म्यान अफ दि म्याच चुनिएसँगै बार्बाडोस ट्रिडेन्टले जीत समेत निकालेको छ ।

नेपालका क्रिकेट आइकन सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि बुधबार राति बार्बाडोसले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई १८ रनले हराएको हो । प्याट्रियट्स सन्दीपको पुर्व क्लब समेत हो ।

बार्बाडोसले दिएको १८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्याट्रियट्सले २० ओभरमा ९ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो ।

प्याट्रियट्सलाई रोक्न सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org