ताजा समाचार

राष्ट्रिय युवा संघ नेपालले टुंगायो एकता, केन्द्रिय कार्यालय पेरीसडाँडामा

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले एकता प्रक्रियामा ब्रेक थ्रु गरेको छ ।

३३५ केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको युवा संघका सह-इन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ र सहसंयोजक रमेश पाैडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

पार्टी एकतापछि लामो समय टुंगो लाग्न नसकेको विषयमाथि संयोजक दिपशिखा र पाैडेलले एक विज्ञप्ति जारी गर्दै ३३५ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन युवा संघका १७६ र वाईसीएलका ११५ जना रहने जानकारी दिएका छन् ।

त्यस्तै, केन्द्रीय समितिको एक तिहाइ सचिवालयमा युवा संघबाट ५७ र वाईसीएलबाट ५२ जना रहनेछन् । ९ सदस्यीय केन्द्रीय कार्यालयमा युवा संघका ५ र वाईसीएलका ४ सदस्य रहने सहमति भएको छ ।

युवा संघको एकतालाई निष्कर्षमा पुर्याउन छिट्टै प्रदेश जिल्ला हुँदै स्थानिय तहसम्म पुग्ने जनाइएको छ । सात प्रदेशमध्ये तत्कालीन युवासंघले ४ र वाईसीएलले तीन जिल्लाको नेतृत्व गर्ने तथा ७७ मध्ये ४२ जिल्लाको नेतृत्व युवा संघ र ३५ जिल्लाको नेतृत्व वाईसीएलले पाउनेमा सहमति जुटेको हो  ।

युवा संघको एकता प्रक्रियालाई टुंग्याउन भदौ २७ गते साबिक संगठनका पदाधिकारीहरुको संयुक्त बैठक तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ । सोही दिन कार्यालय उद्घाटन् समेत हुने जनाइएको छ ।

विज्ञप्तीः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org