ताजा समाचार

चीनले आफ्ना नागरिकलाई सचेत गरायो, ‘कुरा नबुझी बिहे नगर्नू’

काठमाडाैं । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ ।

विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यस पटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो । यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन् ।

पछिल्लो समय विवाहका नाममा चीनतर्फ युवती तस्करी भएका समाचार सार्वजनिक भएका छन् ।
काठमाडौँस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ‘वी च्याट’मार्फत नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि चिनीयाँ लिपीमा बुधबार यस्तो सूचना जारी गरेको बेइजिङ्स्थित चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

चिनीयाँहरुले अरुको मध्यस्थता अर्थात् ‘ब्लाइन्ड डट’का आधारमा बिदाको समयमा नेपालमा गएर विवाह गर्नुअघि नेपालको बिबाह दर्ता प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामका उपाय अपनाउन र नेपालमा पुगेर हुने विवाहबारे सावधानी अपनाउन एडभाइजरीमा सचेत गराइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org