ताजा समाचार

लामखुट्टे धपाउन बालेको आगोबाट गोठमा बाँधेर राखेका ८ वस्तुभाउ जले !

वीरगञ्ज । लामखुट्टे धपाउन बालेको आगोले गोठमा बाँधेर राखिएका ८ वस्तुभाउ जलेका छन् ।

जिल्लाको पोखरीया नगरपालिका-१०, शिवबर्वाका रामपृत राउत कुर्मीको खरले छाएको गोठमा आगलागी हुँदा १ भैंसी, २ वटा भैंसीका पाडी र तीनवटा खसी तथा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आगोले जलेर अन्य वस्तुभाउ जलेपनि मानविय क्षति भने भएको छैन् । प्रहरीका अनुसार, आगलागीबाट करिब तीन लाख ५० हजार क्षति भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org