ताजा समाचार

फुलासी लालिगुरास युवा क्लबका अध्यक्ष चाैहानको पहलमा बोन म्यारो क्यान्सर पीडित भण्डारीलाई साढे २ लाख आर्थिक सहयोग

काठमाडाैं । बोन म्यारो क्यान्सर पीडित मुकुन्द भण्डारीलाई फुलासी लालिगुरास युवा क्लबका अध्यक्ष सन्तोष चाैहानको पहलमा २ लाख ५७ हजार ३ सय नगद सहयोग प्रदान गरिएको छ ।

टेलिभिजन कार्यक्रम इन्द्रेणीमा पीडित भण्डारीलाई आर्थिक सहयोग गरिएको समाजसेवी तथा क्लबका अध्यक्ष चाैहानले जनाए ।

देश तथा विदेशबाट पीडित भण्डारीका लागि सहयोग रकम संकलन गरिएको भन्दै अध्यक्ष चाैहानले सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

रामेछापका मन्थली नगरपालिका-१३, फुलासीका भण्डारीको उपचारमा रकम अभाव भएपछि युवाहरुले मिलेर सहयोग संकलन थालेका थिए । रामेछापको मन्थलीकै भोटनागी कृषी सहकारी संस्था लिमिटेडले समेत सहयोग गरेको भन्दै अध्यक्ष चाैहानले पहिलो चरणको सहयोग रकम हस्तान्त्रण गरिएपनि अर्को चरणको सहयोग रकम समेत जम्मा भइरहेको जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org