ताजा समाचार

विदेशी बुहारीलाई ७ र ज्वाँइलाई १५ वर्षमा नेपाली नागरिकता !

काठमाडौं । विदेशी बुहारीलाई नेपाली युवासँग विवाह गरेको ७ वर्षपछि मात्रै अंगिकृत नागगरिकता दिइने भएको छ । भने ज्वाँइलाई १५ वर्षपछि दिइनेछ । तर, त्यसअघि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि वैवाहिक नेपाली परिचयपत्र दिइनेछ ।

सरकार र राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयले तयार पारेको प्रस्तावअनुसार तत्काल विदेशी बुहारी वा ज्वाँइले नेपालि नागरिकता नपाउने भएका हुन् ।

यो प्रस्ताव पारित भएको खण्डमा विदेशी ज्वाँइले समेत नागरिकता पाउने भएका हुन् । अाल विदेशी ज्ँाइले नेपाली नागरिकता पाउने व्यवस्था छैन्  । तर, १५ वर्ष नेपालमा वसेको आधारमा भने नेपाली नागरिकता पाउने व्यवस्था थियो ।

नेपाली अंगिकृत नागरिकता पाउने विदेशी बुहारी वा ज्वाँइले मुलुकको नागरिकता वा त्यो सरहको राष्ट्रियता जनाउने परिचयपत्र लिएको भए त्याग्नुपर्ने, असल चालचलन हुनुपर्ने र नेपाल वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न जान्ने हुनुपर्ने पनि प्रस्तावमा उल्लेख छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिनुपर्ने पक्षमा उभिएको छ । नेपाली कांग्रेसले भने हालै मात्र अन्तरिम संविधान २०६३ अनुसार नै हुनुपर्ने बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org