ताजा समाचार

रोल्पाको सुनिल स्मृति गाउँपालिकाको वडा कार्यालयमा आगजनीसहित बम विस्फोट

रोल्पा । जिल्लाको सुनिल स्मृति गाँउपालिका वडा नं-०७, को वडा कार्यालयभित्र अज्ञात समूहले आगजनी गरेको छ  ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आगजनीबाट सोफा, कार्पेट र प्लाष्टिकका कुर्सी जलेर नष्ट भएका छन् । कार्यालयभित्र पेट्रोल छर्केर आगजनी गरेपछि बाहिर सकेट बम विस्फोट गराइएको छ ।

विस्फोटबाट वडा कार्यालयको भवनको बाहिरी भागमा सामान्य क्षति पुगेको छ । आगजनी कसले गरेको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org