ताजा समाचार

बसन्तुपर प्रहरीको धरपटकः इन्द्रजात्रा हेर्न पुगेका पूर्वडीआईजी भट्ट पक्राउ

काठमाडौं । इन्द्रजात्रा हेर्न बसन्तुपर क्षेत्र पुगेका पूर्वडीआईजी विजयराज भट्टसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले माथिको आदेश छ भन्दै पूर्वडीआईजी विजयराज भट्टसहित केही व्यक्तिलाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा  नेपाली सेनाका एक मेजर पनि पक्राउ परेका छन् । यद्यपि यसको प्रहरीले पुष्टि गरेको छैन ।

प्रहरीले सडकमा हिँड्दै गरेका, पार्कमा बसिरहेकाहरुलाई समेत पक्राउ गरेको बताइएको छ ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर जाने कार्यक्रम छ । तर गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यही क्रममा धरपकड भएको अनुमान छ ।

उच्छ्रृंखल गतिविधिमा संग्लन भएको भनेर केहीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org