ताजा समाचार

कम्युनिष्ट पार्टी एकताका लागि पाँच वर्षका लागि प्रधानमन्त्री बन्न आएको अफर लत्याएको हुँः प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आफूलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न अफर आएको खुलासा गरेका छन् ।

आज इलाममा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, कम्युनिष्ट पार्टी एकताका लागि पाँच वर्ष प्रधानमन्त्री बन्न आएको अफरलाई लत्याएर आफू कम्युनिष्ट पार्टी एकताका लागि लागिपरेको जनाएका हुन् । कम्युनिष्ट एकता, राष्ट्रको एकता, विकास र संबृद्धिका लागि आफू प्रतिबद्ध रहेको र कार्यकर्ता समेत पार्टीको विधानसम्मत गएको खण्डमा अबको २० वर्ष कम्युनिष्टको राज हुने समेत दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैले कम्युनिष्ट पार्टी एकताका लागि प्रस्ताव गरेिएको र प्रधानमन्त्रीका लागि आफैले प्रस्ताव लैजाने भनेर वचन दिएको स्मरण गर्दै प्रचण्डले भने, कमरेड ओलीलाई मैले चुनाव भन्दा अगाडी नै प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने वचन दिएको र त्यसै अनुरुप प्रधानमन्त्री बनाएको हो । मेरा लागि प्रधानमन्त्री बन्न भन्दा कम्युनिष्ट एकता ठूलो कुरा हो ।

‘हाम्रा लागि पदको कुरा ठूलो होइन । चुनावपछि सरकार कमरेड केपी ओलीकै नेतृत्वमा हुन्छ भनेर मैले नै भनेको हुँ । चुनावपछि मलाई पुरै अवधिका लागि प्रधानमन्त्रीको अफर आएको थियो । म ती सबै छोडेर आएको छु भने म प्रधानमन्त्री बन्‍न हतार छु भन्‍नु साह्रै गलत हुन्छ।’ यस्तै प्रचण्डले प्रधानमन्त्रीमा आलोपालो गर्ने भद्र सहमती भएपनि ओलीको नेतृत्वमा सरकार पाँच वर्ष टिक्ने संकेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org