ताजा समाचार

शिशु विक्रि प्रकरणमा बाल संगठनका निर्देशक डंगोल जेल चलान !

काठमाडौं । बलत्कृत बालिकाबाट जन।मिएको शिशुलाई विक्रि गर्न खोजेको आरोपमा पक्राउ परेका नेपाल बाल संगठनका निर्देशक बालकृष्ण डंगोललाई अदालतले जेल चलान गर्न आदेश दिएको छ ।

काठमाडाैं जिल्ला अदालतले ११ लाखमा शिशु विक्रि गर्न खोजेको भन्दै मानव बेचबिखन तथा ओसारपसार मुद्दामा डंगोललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । डंगोललाई काठमाडौं प्रहरीले २९ साउनमा पक्राउ गरेको थियो ।

डंगोलले शिशुलाई बेलयतमा वेच्न खोजेको आरोप लागेको हो भने वेलायत लैजान खोज्ने डोना स्मिथलाई पनि प्रहरीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । भने उनीहरुलाई कारागार चलान गरिएको छ। भने गलत कागजात तयार पार्ने डाक्टरहरुलाई भने उन्मुक्ति जिलेको छ । उनीहरुलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

गर्भपतन गराउन पुगेकी बालिकालाई प्रसुति गृहसम्म पठाएको आरोप लागेकी कलंकीको सञ्जीवनी बर्थिङ सेन्टरकी स्टाफ नर्स निर्मला मगरलाई भने ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ । निर्मलाले सुचना पुर्याएवापत पीचितलाई दिन्छु भन्दै लगेको १ लाख ३५ हजारको चेक लिएपनि २४ हजार रुपैँया मात्रै दिएको बयानमा खुलेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org