ताजा समाचार

राजावादीहरुले मन्त्री भट्टराईको हुर्मत लिन खोजेः स्वकिय सचिवालय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा भएको दुर्व्यवाहारबारे खेद प्रकट गर्दै उनको स्वकिय सचिवालयले आज एक विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, राजावादीहरुले ‘पारसका बिरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेका छौं र ?’ भन्दै अपमान गरिएको थियो ।

मन्त्री  भट्टराईको कारणले १५ मिनेट विमान ढिला गरेर काठमाडाैंका लागि उडेको थियो । उनी कैलालीको टिकापुरमा डल्फिन रिसोर्ट उद्घाटनका लागि त्यहाँ पुगेका थिए । तर, त्यहाँबाट काठमाडाैं आउने विमानको समय छिट्टै भएपछि नेपालगञ्ज हुँदै काठमाडाैं आउने कार्यक्रम तय भएको थियो ।

यसै क्रममा भ्रष्टाचार विरोधी अभियान्ता भनिने ज्ञानेन्द्र शाही लगायतको समूहले विमान भित्रै मन्त्रीमाथि दुर्वयवहार गर्नुका साथै नारावाजी समेत गरेका थिए ।

विज्ञप्तिः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org