विद्यालयमा डेङ्गु रोकथाम अभियान
धनगढी । डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ ।
यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ । टोल, बस्ती र विभिन्न विद्यालयमा समेत क्लबका बालबालिकाले उक्त अभियानअन्तर्गत नाटक प्रदर्शन गर्ने योजना बनाएका छन् ।
अभियानलाई रोटरी क्लब अफ धनगढीले सहजीकरण गरिरहेको क्लबका अध्यक्ष हरिशङ्कर ठाकुरले बताए। वरिष्ठ चिकित्सक डा गणेशबहादुर सिंहले डेङ्गु रोकथामको उपाय र अभियानबारे जानकारी गराएका छन् । विभिन्न स्वास्थ्य संस्थाले आवश्यक देखिएका ठाउँमा डेङ्गुको सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा मार्न ‘सर्च एण्ड डिस्ट्रवाई’ अभियान चलाएका छन् ।
स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ । सुदूरपश्चि प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै ८८ स्थानीय तहमा डेङ्गु रोकथामका लागि सहजीकरण गरिरहेको छ । सुदूरपश्चिम प्रदेशमा आजसम्म २८ जना डेङ्गुका कारण सङ्क्रमित भएकामा डोटीमा एक जनाको मृत्यु भएको छ । सबैभन्दा बढी कैलालीमा १५ जना संक्रमित छन् ।
‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा डेङ्गु सर्छ । घर वरिपरिका डब्बा, थोत्रा वा पुराना टायर, खाली राखिएका ड्रम, फुलदानी, गमला र अन्य भाँडामा भरिएको पानीमा यो जातको लामखुट्टेले फुल पार्छ । बर्खायाममा जताततै पानी जम्ने हुँदा लामखुट्टेका कारण डेङ्गु फैलिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।
मानिसमा एक्कासि ज्वरो आउनु, हड्डी र मांसपेशी दुख्नु र बिमिरा देखिनु, रक्तस्राव हुनु, वाकवाकी लाग्नु, टाउको दुःख्नु यसका मुख्य लक्षण हुन् । यो रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । लामखुट्टेको वृद्धि रोक्नका लागि घर वरिपरि सरसफाइका साथै पानी भरिएका भाँडावर्तन नराख्न स्वास्थ्यकर्मीको सुझाव छ ।
Comments
अरु समाचार
-
सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटे
काठमाडौँ,१४ वैशाखः सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् ।शुक्रवार...
- नेपाल र कतारबीचको श्रम सम्झौता समयसापेक्ष बनाउने पहल गर्दैछु: राजदूत डा. ढकाल
-
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
काठमाडौं । नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई...
-
‘बोक्सीको घर’ प्रदर्शनमा
काठमाडौं । आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा मुख्य भूमिकामा उहाँ...
-
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
काठमाडौं । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको...
-
चितुवाको आक्रमणबाट घाइते
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी...
-
धनुषामा नौ सय जनामा हात्तीपाइले रोग
काठमाडौं । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
समाज परिवर्तन गर्ने अभियानमा जुटेका छौँ : पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताउनुभएको...