ताजा समाचार

सत्तारुढ दल नेकपाको भातृ संगठन युवा संघद्वारा ज्ञानेन्द्र शाहीलाई धनुषा प्रवेशमा रोक

धनुषा । पर्यटनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थमा दुर्व्यवहार गरेएको भन्दै धनुषा युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रवेशमा रोक लगाएको छ ।

धनुषा पूर्व वाइसिएल अध्यक्ष तथा युवा संघ नेपालका नेता सरोज यादवले आज एक विज्ञप्ति जारी गर्दै शाहीलाई जिल्ला प्रवेशमा रोक लगाउने र जिल्लामा कुनै किसिमका कार्यक्रम गर्न नदिने गरि प्रतिबन्दध लगाउने निर्णय भएको जनाएका छन् ।

बुद्ध एयर मार्फत मन्त्री भट्टराई नेपालगञ्ज हुँदै काठमाडाैं आउन लागेका बेला ज्ञानेन्द्र शाहीले विमान भित्रै दुर्व्यवहार गरेका थिए । बुद्ध एयरले एक विज्ञप्ति जारी गर्दै आज विमान हल्लिएको समेत जनाएको छ ।

आज मात्रै शाही ललितपुर प्रहरीमा अबदेखि यस्ता किसिमका व्यवहार प्रस्तुत नगर्ने सर्तमा रिहा भएका छन् । उनले भ्रष्टाचार विरोधी अभियान्ता भनेर आफूलाई चिनाउदै आएका छन् । उनलाई कास्की लगायतका अन्य जिल्लामा समेत प्र‍वेशमा रोक लागिसकेको छ ।

विज्ञप्तिः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org