ताजा समाचार

नेको इन्सुरेन्सले गर्‍यो घर घरमै पुगेर बीमाबारे सचेतना कार्यक्रम

काठमाडाैं । नेको इन्सुरेन्स लिमिटेडले राजधानीका विभिन्न स्थानमा घरघरमै पुगेर बीमा बारे जानकारी दिको छ ।

राजधानीको क्षेत्रपाटी एरिया अन्तरगत नरसिंहचोक, सातघुम्ती, जे.पी. स्कुलरोड तथा अन्य स्थानमा नेकोले बीमा किन र के का लागि गर्ने भन्नेबारे जानकारी दिएको जनाएको छ ।

कम्पनीले बीमाबारे जानकारी दिन आफ्ना कर्मचारीलाई उक्त स्थानमा खटाएको थियो । पछिल्लो समय बीमाबारे भ्रामक कुराहरु गरेर बिमा गर्ने एजेण्ट तथा कम्पनीले नै जनता ठगीमा समेत परेको भन्ने गुनासो आएको भन्दै नेकोले बीमा गर्ने वातावरण निर्माण गर्न र बीमाबारे जनतालाई जानकारी दिएको जनाएको छ ।

बीमाबारे जानकारी र रक्षाबरणबारे जानकारी दिन नेकोले सचेतना कार्यक्रम गर्दै आएको जनाएको छ । नेकोले २३ वर्षदेखि बीमा क्षेत्रमा काम गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org