ताजा समाचार

घाँटी रेटिएको अवस्थामा युवकको शव फेला !

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । विन्दवासिनी-५ हासवास्थित पुल नजिकै खाल्डोमा शव पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

सेतो कालो धर्का भएको रातो टी सर्ट, कालो जीन्स पाइन्ट र रातै जुत्ता लगाएको युवकको घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए । ‘घाँटीमा काटिएको जस्तो चोट छ, मृतकको पहिचान खुलेको छैन,’ उनले भने, ‘मृतकको पहिचानसँगै के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान गरिरहेका छौं ।’

शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org