ताजा समाचार

आज दिनभर वर्षा हुने, यस्तो भन्छन माैसमविद्हरु !

काठमाडौं । आज बुधबार पनि दिनभर पानी पर्ने माैसमविद्ले जनाएका छन् ।

राजधानी लगायत विभिन्न स्थानमा आज दिनभर पानी पर्ने पूर्वअनुमान माैसमविद्ले गरेक छन्  ।

मौसमविदका अनुसार, ‘काठमाडौं उपत्यकामा आज पनि घाम लाग्ने सम्भावना छैन । दिनभरी नै पानी पर्छ । कुनै ठाउँमा केही क्षण रोकिए पनि एकछिनपछि फेरि पानी पर्ने छ ।’

बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ । कतैकतै भारी वर्षाको पनि सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदे सुझाव दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org