ताजा समाचार

बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठसहित ११ जना पक्राउ

काठमाडौं । नक्कली धितोमा ऋण दिएको आरोपमा बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित ११ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पछिल्लो एक सातामा उनीहरुलाई पक्राउ गरेको हो । व्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जना नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा पक्राउ परेका हुन् । तत्कालीन समयमा श्रेष्ठ बैंकको सीईओ थिए ।

खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक ५ करोड रुपैयाँ रकम स्वीकृत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलगायत छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org