ताजा समाचार

झुठा मुद्धा खारेज गर्नेबारे बालुवाटारमा सहमति भइसक्योः प्रचण्ड

प्रचण्डले देखाए रेशम चाैधरी लेजबाट छुट्ने संकेत

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले रेशम चाैधरी जेलबाट छुट्ने संकेत गरेका छन् ।

टिकापुर घटनामा दोषी ठहर भइ सजाय भुक्तान गरिरहेका रेशम चाैधरी जेलबाट छुट्नेबारे बालुवाटारमा छलफल भएको भन्दै झुठा मुद्धा खारेज हुने दावी समेत गरेका छन् ।

सुनसरीको झुम्कामा थारु पर्व जितिया पर्वको सभालाई संबोधन गर्दै प्रचण्डले भने, ‘टीकापुर घटनाको सन्दर्भमा आयो, जे भएको छ, अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति गरिएको छ र, प्रक्रिया पनि अगाडि बढेको छ ।’

रेशम चौधरीको नाम उल्लेख नगरी उनले भने, ‘जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्छ ।’

कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई टीकापुर घटनामा जन्दकैदको सजाय सुनाइएको छ । उनी जेलमै रहेका बेला सपथसमेत लिएका थिए ।

प्रचण्डले नेपालमा विभिन्न शक्तिहरु परिवर्तनलाई उल्ट्याउन लागिपरेको भन्दै गणतन्त्रमाथि नै खेल खेल्न खोज्नेलाई छुट दिन नसकिने जनाए । जनताले संघर्ष गरेर ल्याएको लोकतन्त्रलाई धुमिल्याउन खोज्ने जो कोहिलाई छुट दिन नसक्ने भन्दै यस्ता त्तवलाई कठघरामाम ल्याएरै छाड्ने उनले जनाए ।

थारु समुदायमाथि आभार व्यक्त गर्दै प्रचण्डले भने ‘म किसानको छोरा दुई पटक प्रधानमन्त्री भए । यो तपाईहरुको देन हो । तपाईहरु मेरा लागि लड्नु भो म तपाईँहरुका लागि अन्तिम सम्म लड्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org