ताजा समाचार

३ वर्षीया छोरीलाई विष खुवाएर बुवाद्धारा आत्महत्या

कैलाली । कैलालीमा एक पुरुषले आफ्नै छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका छन् ।

गौरीगंगा नगरपालिका-५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामकको बिषादी वस्तु खुवाएर आफूले पनि आत्महत्या गरेको जानकारी पाइन्छ ।

गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए ।

सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पूर्पक्षका थुनामा पठाएको थियो ।

साउन २२ गतेको अदालतको इजलासले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए । छुटेको झण्डै डेढ महिनापछि उनले छोरीलाई विष ख्वाइ आफुले आत्महत्या गरेका हुन् ।

यसबारेमा प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org