ताजा समाचार

अपि पावर कम्पनीले सुरु गर्‍यो अपर नाैगाडबाट विद्युत उत्पादन

काठमाडौं । अपि पावर कम्पनीको ८ मेघावाटको दोश्रो परियोजना अपर नाैगाड जलविद्युत आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ ।

अपर नाैगाडबाट उत्पादित विद्युत असोज १० गतेदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी समेत भएको छ। यसबाट उत्पादित बिजुली अत्तरिया–बलाँच सवस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने छ । यो आयोजनाले सुदूरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपूर्ति हुने जनाइन्छ ।

मंगलबार गरिएको परिक्षण सफल भएको नाैगाडले जनाएको छ । २०७३ असोज १२ मा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको यो आयोजनाको कुल लागत १६० करोड रुपैयाँ छ ।

आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने अनुमान छ । यसमध्ये सुख्खा याममा १.१४ करोड र वर्षा यामका चार महिनामा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org