ताजा समाचार

दसैंलाई एसी बस

काठमाडाैं । दसैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने चिन्ता नलिनुस् । यसपालि दसैंमा वातानुकूलित (एसी) बसमा यात्राको अवसर मिल्नेछ ।

त्यसका लागि अग्रीम बुकिङ खुलिसकेको छ । पश्चिम नेपाल नेपाल बस प्रालिले दसैंका लागि १५० वटा एसी बस सञ्चालनमा ल्याएको हो ।

आइतबारदेखि टिकट बुकिङ खुला भएको छ । साथै इ–टिकटको व्यवस्था पनि छ ।

पहिलो दिन २० प्रतिशत टिकट बुकिङ भएको प्रालिले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा अमृता अनमोलले लेखेकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org