ताजा समाचार

कृषि विकास बैंकबाट अवैध रकम चोरी गर्नेलाई आज सार्वजनिक गरिदै (नामसहित)

काठमाडाैं । कृषि विकास बैंकमा सिस्टम ह्याक गरेर भएको चोरीमा संलग्न विभिन्न् १० व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति उनीहरुलाई काठमाडाैं र देशका विभिन्न ठाउँबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ , निर्मला तामाङ  रलमजुङका विद्या सागर, पुष्पराज खड्का, लेवाङ तामाङलगायत रहेका छन् ।

महाशाखाका एसएसपी सहकुल थापाले आज दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने बताए।

कृषि विकास बैंकको सिरहा शाखाबाट काठमाडाैममा रकम ट्रान्सफर गरेर चोरी गरिएको पाइएको छ । तर कसरी चोरी भयो भन्नेबारे प्रहरीले केहि खुलाएको छैन् ।

प्रहरी स्रोतकाअनुसार ट्रान्सफर भएको रकम निकाल्ने १० जनामध्ये तीन जनालाई आइतबार काठमाडौंबाट र अन्यलाई काठमाडौं बाहिरबाट पक्राउ गरिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org